सिमसार पुर्ने खतिवडाको टिप्पर महानगरको नियन्त्रणमा
पाेखरा | फागुन २४, २०८०
पोखरा: फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं।को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आएका छन् । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अव उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए ।
फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम गरिरहेको छ ।
यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु १० हजार जरिवाना गरेको छ ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

